नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले हकप्रद शेयर विक्री गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले भदौ ७ गतेदेखि शत प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको साउन ५ गते सम्पन्न प्रथम विशेष साधारण सभाले उक्त हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गरेको थियो । 
कम्पनीले असोज १० गतेसम्म हकप्रद शेयर विक्रीमै रहने जानकारी दिएको छ । हकप्रद शेयर प्रयोजनका लागि साउन ३० गते एक दिन बुक क्लोज गर्ने जानकारीसमेत कम्पनीले दिएको छ ।

Comments

Back to top