स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गर्यो गत आव को चौथो त्रैमासिक वित्तीय विवरण !

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव २६ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ४९ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा रू. ७९ लाख ४५ हजार ऋणात्मक रहेको छ । यस कारण पनि खुद नाफा घटेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३० प्रतिशत घटेको छ । 

कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ र धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । 

Comments

Back to top