नेप्सेमा बियर र बुल बिच घम्साघम्सी !

सेयर बजार सोमबार झिनो अंकले घटेको छ । यस दिन नेप्से सूचक ३.२१ विन्दुले घटेर २०४८.२६ अंकमा अडिएको छ ।  इन्ट्रा डेमा बुलहरुले बजारलाई २०६९को बिन्दुसम्म पुराए पनि बियरहरु सो बिन्दुमा हाबी हुदा बजारले इन्ट्रा डे लो २०३०सम्म पुराएका थिए।  बजारमा आजको दिन मात्रै ३९ अंकको भोल्याटिलीटी देखिएको हो।  

यस दिन २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगातारजसो घटिरहेको छ । आइतबार अधिकांश बैंक तथा विकास बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि नेप्से सूचक थप फराकिलो अंकले घट्यो ।  

सोमबार पनि यहीक्रमले निरन्तता पाएको हो । यद्यपि, अघिल्लो दिनको तुलनामा सोमबार घट्ने दर भने साँघुरो भएको छ । बजारमा अहिले बुलिश डाइभर्जेंस पनि देखिन थालेको छ।  आरएसआइले लोवर लो बनाउदा सूचक भने हाइयर हाइकै शृंखलामा रहेको छ जसले बजार कुनै पनि बेला माथि फर्किन सक्ने संकेत दिन्छ।

Comments

Back to top