आज बजार ३.२१ अंकले घट्यो, कारोबार रकम २ अर्ब ३३ करोड!

सोमबार नेप्सेमा केहि अंकको गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा झरेको छ।

आज २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६७ कम्पनीमध्ये ११६ कम्पनी उकालो लागेका छन्, १०० कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेको छ भने ४ समुह ओरालो लागेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा नेपाल रिपब्लिक मिडिया रहेकाे छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा छ्याङ्दी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.४५ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ४३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। त्यस्तै, सबैभन्दा धेरै भोल्यूममा पनि आईएमई लाइफ इन्स्योरेन्सकै कारोबार भएको छ।

Comments

Back to top