स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा वृद्धि

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा एक वर्षमा १ अर्ब २७ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । उक्त अवधिमा बैंकको आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा चार्टर्ड बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकको  २८ रुपैयाँ ९९ पैसा लाभांश नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ । 

Comments

Back to top