सेयर बजार ३८.३७ अंकले घट्याे, सपोर्ट कहाँ ?

चालु साताकाे पहिलाे काराेबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सूचीृकत कम्पनीहरुले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् । बजारमा पोजिटिभ समाचार आउदा पनि बजारले नकारात्मक हिसाबले रियाक्ट गर्नु र लगानीकर्ता माझ फेरी बियरिश बजारकै भय आउनुले सेकेन्ड वेभको प्रकृति दर्साउछ।  बजारलाई अबको सपोर्ट पछिल्लो र्यालीको फ़िबोन्याचि लेभेल ०.५ (२०१३) वा 0.३८२(१९६०) मा देखिन्छ।  बजारले दोस्रो वेभ बनाउदा नै बजारमा स्मार्ट मनिको प्रवेस हुने गर्दछ। 

 

 

Comments

Back to top