नेप्से परिसूचक ३८.३७ अंकले घट्यो, सबै उप-समूहको सूचक नकारात्मक!

पहिलो कारोबार दिन नेप्सेमा गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ३८.३७ ले घटेर २०५१.४७ विन्दुमा झरेको छ।

आज २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६५ कम्पनीमध्ये १८ कम्पनी उकालो लागेका छन्, १९७ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आईएमई लाइफ इन्स्योरेन्स रहेकाे छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.५९ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन सानिमा बैँक लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १२ करोड ६९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सबैभन्दा धेरै भोल्यूममा कुमारी बैंकको कारोबार भएको छ।

Comments

Back to top