प्रिओपन सेसनमा नेप्सेमा ५.५७ अंकको वृद्धि !

आइतबार प्रिओपन सेसनमा नेप्से ५.५७ अंकले बढेको छ l

बिहिबार ३.०० अंकले बढेर २०८९.८४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९५.४२ मा खुलेको हो। २३,३२८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७० लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ३८ कम्पनीमध्ये १५ को मूल्य बढ्यो भने १६ को मूल्यमा गिरावट आएको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top