लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन

लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको हो । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५  प्रतिशत कोष प्रवर्दधक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । 

बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

Comments

Back to top