हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने अन्तिम दिन आज

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो ।

कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्रीमा ल्याएको हो । बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ ।

कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिने आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

Comments

Back to top