बिहिबार तीन अंकले बढेर बन्द भयो नेप्से !

बिहिबार नेप्से परिसूचक समान्य सुधारका साथ बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३.०० ले बढेर २०८९.८४ विन्दुमा पुगेको छ।

आज २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६२ कम्पनीमध्ये ७६ कम्पनी उकालो लागेका छन्, १३० कम्पनी ओरालो लागेका छन् भने १२ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य उकालो लाग्यो भने ५ को ओरालो लागेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेकाे छ जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.१९ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ९२ करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सबैभन्दा धेरै भोल्यूममा प्राइम कमर्सियल बैंकको कारोबार भएको छ।

Comments

Back to top