बजारले दिन सक्छ बाहिरिने मौका, आज एकल अंकले बढ्याे नेप्से !

सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार फेरि सकारात्मक देखिएको छ । बजार निरन्तर घट्दा सेयर भाउ सस्तो भइसकेको छ र आज बजारले हाल चलिरहेको र्यालीको ०.६१८को बिन्दुमा ह्याम्मर क्यान्डल बनाएको हो।  बजारले ह्याम्मर क्यान्डल बनाउनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ।  

तसर्थ बजारमा एउटा स्विङ्ग आएर सूचक २१५०सम्म पुग्ने अनुमान लगाउन सकिन्छ जसले लगानीकर्तालाई निस्किने मौका मिल्न सक्छ। 

Comments

Back to top