नेप्सेमा ९.२५ अंकको वृद्धि, १ अर्ब ८१ करोडको कारोबार !

बुधबार नेप्से परिसूचकमा केही सुधार आएको छ। यस दिन नेप्से परिसूचक ९.२५ ले बढेर २०८६.८४ विन्दुमा पुगेको छ।

आज २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६९ कम्पनीमध्ये ११७ कम्पनी उकालो लागेका छन्, ८१ कम्पनी ओरालो लागेका छन् भने १९ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेकाे छ ।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा आरबिबि म्युचुअल फण्ड-१ रहेकाे छ जसको ४.१४ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्रभु स्मार्ट फण्ड  रहेकाे छ जसको सेयर मूल्य १० % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ११ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सबैभन्दा धेरै भोल्यूममा सानिमा इक्वीटी फण्डको कारोबार भएको छ।

Comments

Back to top