सिनर्जी पावरको हकप्रदमा साउन २५ गतेदेखि आवेदन दिन सकिने

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनका लागिे साउन १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा साउन २५ गतेदेखि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। 

कम्पनीले चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले २ कित्ता बराबर १ कित्ता अनुपात अर्थात् ५० प्रतिशतमा हकप्रद निष्काशन गर्न सेबोन समक्ष २०७९ फागुन ५ गते अनुमति मागेको थियो । सेबोनले हकप्रद स्वीकृती दिएसँगै कम्पनीले १०० रुपैयाँ अंकित ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।  कम्पनीलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद निष्काशनका लागि असार २० गते अनुमति दिएको थियो ।

Comments

Back to top