नेप्सेमा २८.५९ अंकको गिरावट, कारोबार रकम १ अर्ब ९२ करोड!

मंगलबार नेप्से परिसूचक केही अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २८.५९ ले घटेर २०७७.५८ विन्दुमा झरेको छ।

आज २६२ कम्पनीको ६० लाख १५ हजार ०६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६२ कम्पनीमध्ये १७ कम्पनी उकालो लागेका छन्, १९६ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेकाे छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सुपर मादी हाइड्रो पावर लिमिटेढ रहेकाे छ जसको ४.६० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा किसान लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.५४ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन अपर तामाकोशी हाइड्रो पावर लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ८७ करोड ४० लाख मूल्य बराबरको सेयर कारोबार भयो। सबैभन्दा धेरै भोल्यूममा सानिमा इक्वीटी फण्डको कारोबार भएको छ।

Comments

Back to top