हिमालयन लघुवित्तको मुनाफा संकुचित

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन लघुवित्त अर्थात् साविकको सिभिल लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । 

यसअवधिमा यसको खुद नाफा ७८.५०% ले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ । यसले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २४.५२% ले घटेर २० करोड २३ लाख ५२ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ७९.०४% ले घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ ।

खराब कर्जा ०.९०% ले बढेर २.३७% पुगेको छ । यता, खुद नाफा घटेसँगै हिमालयन लघुवित्तको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँले घटेर ४ रुपैयाँ ८१ पैैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ । यसअघिको सिभिल लघुवित्तको नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राखिएको हो । माउ कम्पनी सिभिल बैंक हिमालयन बैंकमा गाभिएसँगै सिभिल लघुवित्तको पनि नाम परिवर्तन गरेर हिमालयन लघुवित्त बनाइएको हो । 

Comments

Back to top