नेप्सेमा सामान्य सुधार, एकल अंकले बढ्याे बजार

मौद्रिक नीतिपछि सोमबार पहिलोपटक सेयर बजार बढेको छ । यस दिन नेप्से सूचक ५.७९ अंकले बढेर २१०६.१४ विन्दुमा अडिएको छ । कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा मात्र रहेको छ ।  

गत आइतबार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । त्यसदिन भने बजार बेस्सरी बढेको थियो । त्यसपछि लगातार घट्न थालेको बजार आज सोमबार आएर मात्र रोकिएको हो । ५ कार्य दिनमा बजार लगातार तल भर्यो । यसबीचमा नेप्से सूचक करिब १२७ अंकले घट्यो । मौद्रिक नीतिअघि भने बजार बढेको थियो । एकातिर मौद्रिक नीतिमा ठूला लगानीकर्ताले असन्तुष्टि जनाउनु अनि यहीबेला अर्कोतिर बढेको बजारबाट ट्रेडरहरुले धमाधम नाफा बुक गर्न थाल्दा बजार बेस्सरी चेपुवमा पर्यो । फलस्वरुफ नेप्से लगातार पाँचै कार्य दिन घट्न पुग्यो । 

आज बढेको बजार करेक्टिभ वेभ 'बि' हुन सक्ने सम्भावना रहेको छ।  यस वेभ बढीमा २१५०-२१६५सम्म जाने र करेक्सन फेरी सुरु हुने अनुमान लगाउन सकिन्छ।  

Comments

Back to top