नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा भने गिरावट!

आज सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ५.८४ ले बढेर २१०६.१८ विन्दुमा पुगेको छ।

आज २६२ कम्पनीको ६८ लाख ५५ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६२ कम्पनीमध्ये १११ कम्पनी उकालो लागेका छन्, ९९ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेकाे छ ।

प्रमुख करोबार

आज नेप्से बजारको टप गेनरमा सनराइज  ब्लुचिप फण्ड रहेकाे छ जसको ७.१० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.३१ % ले घटेको छ।कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ८० करोड ८८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सबैभन्दा धेरै भोल्यूममा लक्ष्मी उन्नती कोषको कारोबार भएको छ।

Comments

Back to top