प्रिओपन सेसनमा २.४९ अंकको गिरावट !

सोमबार प्रिओपन सेसनमा नेप्से २.४९ अंकले घटेको छl

आइतबार २६.१४ अंकले घटेर २१००.३४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९७.८४ मा खुलेको हो। १,४१४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने ४ को मूल्यमा गिरावट आएको छ । बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top