नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो चालु आवको वार्षिक नीति तथा कार्यक्रम

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

उक्त नीति कार्यक्रममा धितोपत्र बजारको नीतिगत तथा कानुनी व्यवस्थामा सुधार, बजार नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन र बजार पारदर्शिता अभिवृद्धि लगायतका विषयवस्तु उल्लेख गरेको छ। 

सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, वेबसाइटमार्फत गर्ने कि औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने भन्ने टुंगो नलागेपछि शुक्रबार सार्वजनिक हुन सकेन।

Comments

Back to top