नेप्सेमा प्यानिक कायमै, दाेहाेराे अंकले घट्याे बजार !!

मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर झनै उच्च अंकले घटेको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा आएर अडिएको छ । यस्ता विन्दुहरु आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा समेत महत्वपूर्ण हुने गर्छन् ।  तसर्थ बजारले इन्ट्राडेमा २०९१.५को लो बनाए पनि केहि अङ्कको रिकभरी गरेर २१००मा क्लोजिङ्ग दिएको हो। 

यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  ५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिए पनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।

पाचौ वेभ सकिएर सुरु भएको यस करेक्सनले हालको र्यालीको फिबोन्याची लेभल ०.५ या ०.३८२ सम्म पुग्न सक्ने सम्भावना राख्दछ।  त्यस अघि भने एउटा बजारबाट निस्किन सकिने अवसर आउन सक्छ।  बजारलाई तत्काल सपोर्ट २०६५को बिन्दुमा रहनेछ।  

Comments

Back to top