पहिलो कारोबार दिन नेप्सेमा २६.१४ अंकको गिरावट!

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ओराले लागेको छ। यस दिन नेप्से परिसूचक २६.१४ अंक घटेर २१००.३४ विन्दुमा झरेको छ।

आज २६६ कम्पनीको ६८ लाख ६० हजार ०४२ कित्ता सेयर २ अर्ब ५० करोड २८ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६६ कम्पनीमध्ये १८ कम्पनी उकालो लागेका छन्, १८९ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेकाे छ ।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको ३.५६ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.७८ % ले घटेको छ।कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १४ करोड ७८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सबैभन्दा धेरै भोल्यूममा साेल्टी होटल लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top