सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सार्वजनिक गर्यो चौथो त्रैमासको वित्तिय विवरण !

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तिय विवरण प्रकासित गरेको छ।

कम्पनीले चौथो त्रैमास सम्ममा रु २.२१ अर्ब खुद नाफा आर्जन गर्न सफल भएको छ। खुद नाफा अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा १०.४१% ले बढेको छ। खुद नाफा बढेसँगै बैंकको प्रति शेयर आम्दानी रु १४.१२ बाट बढेर रु १५.५९ पुगेको छ। बैंकको संचित मुनाफा रु १.०३ अर्ब र जगेडा कोषमा रु ६.०७ अर्ब सहित कुल शेयरधनीकोष रु २१.३१ अर्ब रहेको छ। 

आर्थिक बर्ष २०७९/८० को अन्तिम त्रैमास सम्ममा बैंकले रु १६८.८४ अर्ब निक्षेप संकलन गरी रु १४२.९१ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १०.५०% र ६.१४% को वृद्धि रहेको देखिन्छ।

Comments

Back to top