तेह्रथुम पावरले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

तेह्रथुम पावर कम्पनीले शेयरधनीलाई सत प्रतिशत( १ः१ को अनुपातमा) हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी विद्युत नियमन आयोगमा निवेदन दिएर स्वीकृती पाउनुपर्नेछ ।  त्यसपछि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । 

कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । तेह्रथुम पावर कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद शेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको छ । 

Comments

Back to top