लाल्टिन साप्ताहिक समिक्षा

यस साता बजारको माथि जाने क्रम रोकिएर इन्भर्स ह्याम्मर क्यान्डल स्टीक बनेको छ।  यस साताको पहिलो कारोबार दिन आइतबार २१६७.४७ को बिन्दुमा खुलेको नेप्से ३७.४४ (१.७३ प्रतिशत)ले घट्दा साताको अन्तिम कारोबार दिन विहिवार सूचक २१२६.४८ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साताको टप खरिद भएका कम्पनी (Top Bought)

यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)

प्राविधिक विश्लेषण

यस साता बजारमा इन्भर्स ह्याम्मर क्यान्डल स्टिक बनेको छ जसले ट्रेन्ड रिभार्सलको सङ्केत गर्दछ।  

एमएसिडि लाईन यस साता २७.२९ बाट बढेर ३२.७७ मा आएको छ र हिस्टोग्राम यो साता  घटेर २९.६३ बाट २८.०९ मा पुगेको छ जसले बजारमा खरिद चाप सामान्य रुपमा घटेको देखिन्छ। धेरै समय सम्म जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर ४.६८ मा आएको छ। +१४ डिएमआई लाईन अहिले ३२.०८ मा रहेको छ भने  -१४ डिएमआई लाईन १२.५३ मा रहेको छ। ए.डी.एक्स २०.२५ मा रेहको छ जसले अहिले ट्रेन्डको स्ट्रेन्थ बद्ढो क्रममा रहेको जनाउछ। आरएसआइ ६०.४७ बाट घटेर ५७.६२  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम थोरै घटेको देखिन्छ ।

बजारमा पहिलो सपोर्ट २०५० को एरियामा र त्यस पछि बोलिंगेरको मिडल ब्याण्ड  करिब १९७० को एरियामा देखिन्छ भने अबको प्रतिरोध २१७५ मा रहने छ। 

Comments

Back to top