हिमालयन एभरेष्ट इन्स्योरेन्सकाे नगद लाभांश लिन सेयरधनीलाई आग्रह

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो । 
कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४।०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीका अनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

Comments

Back to top