अन्तिम कारोबार दिन पनि नेप्सेमा गिरावट, १९३ कम्पनीको सेयर मूल्य घट्यो!

बिहिबार नेप्से परिसूचकमा केही अंकको गिरावट आएको छ। यस दिन नेप्से परिसूचक २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ।

आज २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७१ कम्पनीमध्ये १६ कम्पनी उकालो लागेका छन्, १९३ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेकाे छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड रहेकाे छ जसको ७.३९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा किसान लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.६८ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १० करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।सबैभन्दा धेरै भोल्यूममा कुमारी बैंक लिमिटेडको कारोबार भएको छ।

 

 

Comments

Back to top