नेप्सेमा सामान्य गिरावट, सपोर्ट कहाँ देखिन्छ ?

सेयर बजारको गिरावट बुधबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । आज २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ ।  यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले तल झरेको थियो । तर बुधबार भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ । 

 बजार घट्ने अङ्क कम हुदै जानु र कारोबार रकम नि घट्दै जानुलाई सकारात्मक रुपमा लिन सकिन्छ। तसर्थ बजारले २१४५-२१३५को एरियामा सपोर्ट बनाउन सक्ने सम्भवना देखिन्छ। यस बिन्दु फ़िबोन्याचीको ०.५को एरिया पनि हो। 

Comments

Back to top