नेप्सेको ओरालो यात्रा जारी नै, ८ अंकको गिरावट!

बुधबार पनि नेप्से बजार ओरालो लागेको छ।

आज ८.११ अङ्कले घटेर ०.३७% गिरावटका साथ नेप्से परिसूचक २१५६.२० अङ्कमा बन्द भएको छ। २६० कम्पनीको ७,३९९,४७४ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ।

कारोबार भएका २६० कम्पनीमध्ये ६७ कम्पनी उकालो लागेका छन्, १४१ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका उप-समुहहरुमध्ये १० समूहको सेयर मूल्य ओरालो लागेकाे छ ।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा किसान लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको ६.९६ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.४९ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top