प्रिओपन सेसनमा ४.१४ अंकले बढ्यो नेप्से!

बुधबार प्रिओपन सेसनमा नेप्से ४.१४ अंकले बढेको छ l

मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१६८.४५ मा खुलेको हो। २,९६५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १७ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने ३ को घट्यो। २ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top