सेयर बजार दाेहाेराे अंकले घट्याे, पाचौ वेभ सकिएको संकेत

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाईलाई सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ ।
टेक्निकल्ली बजारलाई हेर्दा आर एस आइमा डाइभर्जेन्स पनि देखिएको छ जुन पाचौ वेभको संकेत हो। जुन २७को दिन बजारले २१८६को बिन्दुमा क्लोजिङ्ग दिदा आर एस आइ ७७.९२को बिन्दुमा रहेको थियो भने जुलाई २३को दिन बजारले २२२७को क्लोजिङ्ग दिदा आर एस आइ ७३.०७मा पुगेको छ।  यसरी बजारको सूचक हाइयर हाइ बन्दा आर एस आइ लोवर लो बन्नुलाई बियरिश डाइभर्जेन्सको रुपमा लिइन्छ। 

Comments

Back to top