जानकी फाइनान्सको साउन १३ गते साधारण सभा बस्ने

जानकी फाइनान्सको साउन १३ गते साधारण सभा बस्ने भएको छ । कम्पनीले २६ औं सभा डाकेको हो । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । 

 कम्पनीले गत वर्ष भने १५% बोनस सेयर र कर तिर्न ०.७९% लाभांश वितरण गरेको थियो । साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । साउन १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top