हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामी खुल्ने

हिमाल दोलखा हाइड्रोपावरले २२ साउन २देखि १५ लाख ७७ हजार २११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद साउन २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । यसअघि कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता ७५% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर हिमाल दोलखाले अब लिलामीमा ल्याएको हो । 

Comments

Back to top