सेयर बजार २६.६६ अंकले घट्याे, आम लगानीकर्ता अन्योलमा

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।  

आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

धेरै लामो समय पछि २२००को बिन्दु पार गरेर म्याकड़ीमा पनि गोल्डेन क्रस दिएको बजारमा सकारात्मक हुने ठाउ रहे पनि यस एरियामा धेरै चोटी सप्लाई देखिएकाले बजारमा निश्चित रुपमा माथि जाने या तल जाने भन्न सकिदैन।  

Comments

Back to top