कारोबार रोक्कामा रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

 प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । 

नेप्सेले गत साउन ४ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । हकप्रद शेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएकाे भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । यससँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको थियो ।

त्यसको जवाफमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुने वा नहुने अन्योल रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको थियो ।

Comments

Back to top