नेप्सेमा २६.६६ अंकको गिरावट, कारोबार रकममा भने वृद्धि!

सोमबार नेप्से बजारमा २६.६६ अंकको गिरावट भएको छ।

आज २६.६६ अङ्कले घटेर १.१९% गिरावटका साथ नेप्से परिसूचक २२००.५० अङ्कमा बन्द भएको छ।२६५ कम्पनीको २०,९७९,८८७ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ। कारोबार भएका २६५ कम्पनीमध्ये ५० कम्पनी उकालो लागेका छन्, १६३ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका उप-समुहहरुमध्ये ११ समूहको सेयर मूल्य ओरालो लागेकाे छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा किसान लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल ग्राेथ फण्ड रहेकाे छ जसको सेयर मूल्य ६.९३ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र भोल्यूममा सनराइज फर्स्ट म्युचुअल फण्डको कारोबार भएको छ।

Comments

Back to top