एलआइसी नेपालको भोलि बुक क्लोज : आजसम्मका सेयरधनीले साधारणसभामा भाग लिन पाउने

लाइफ इन्स्याेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबार साउन ९ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, आज सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

यसले साउन १७ साधारणसभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न १.०५% लाभांश वितरण गरेको थियो । सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । 

सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारणसभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ । 

Comments

Back to top