नारायणी डेभलपमेन्ट बैंकको घाटा २ करोड ९१ लाख

नारायणी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९१ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो बैंक ५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । 

यस बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा  ११२.०८ प्रतिशतले बढेर २ करोड ३ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९५ लाख ९१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यसले इम्पेयरमेन्ट चार्ज वापत ४९ लाख रुपैयाँ छुट्याएको छ । जुन गत वर्षको भन्दा ८८.३८ प्रतिशतले कम हो । यता, सञ्चालन नाफा भने ३ करोड २१ लाख रुपैयाँले ऋणात्मक छ । जसले गर्दा यसको खुद नाफामा गिरावट आएको हो । यद्दपि, यसको खुद घाटा गत वर्षको भन्दा कम हो । यसले ६३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १३ करोड ४८ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ २ पैसा नोक्सानीमा छ । नोटवर्थ २१ रुपैयाँ ६६ पैसाले घटेर ३६ रुपैयाँ कायम भएको छ । यस बैंकले नेपाल धितोपत्र बोर्डमा १०० % हकप्रद जारी गर्न अनुमति मागेको छ ।

Comments

Back to top