नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम ४ अर्ब बढी!

आइतबार नेप्से बजार उच्च अंकले वृद्धि भएको छ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। २६६ कम्पनीको कारोबार ४ अर्ब ३७ करोड ५१ लाख बराबरको भएको छ।

आज ६३.२४ अङ्कले बढेर २.९२% वृद्धिका साथ नेप्से परिसूचक २२२७.१६ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६६ कम्पनीमध्ये १९९ कम्पनी उकालो लागेका छन्, १६ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेकाे छ।

कारोबार भएका उप-समुहहरुमध्ये सबै समूहको सेयर मूल्य उकालो लागेकाे छ ।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा किसान लघुवित्त वितिय संस्था लिमिटेड र चन्द्रगिरी हिल्स  रहेका छन् जसको १० % मूल्य बढेर  कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल ग्राेथ फण्ड रहेकाे छ जसको सेयर मूल्य १० % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम् सिमेन्टस् लिमिटेड र भोल्यूममा ग्लोबल आइएमी बैँक लिमिटेडको कारोबार भएको छ।

 

 

 

Comments

Back to top