हिमालयन लाइफ इन्स्योरेन्सको करिब ४९ हजार कित्ता सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी विनोदकुमार गोयलको नाममा रहेको साविक गुराँस लाइफ इन्स्योरेन्सको कुल ४९ हजार २२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यस सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीले बिक्रीमा राखिएकोसेयरको बिक्री मूल्य न्यूनतम प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । यसर्थ संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीले ३५ दिने अवधि दिएको छ। संस्थापक सेयरधनीहरुले यो अवधिभित्र सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Comments

Back to top