लाल्टिन साप्ताहिक समिक्षा

यस साता पनि बजारको माथि जाने क्रमले निरन्तरता पाएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०८५.६८ को बिन्दुमा खुलेको नेप्से ७८.९९ (३.७९ प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबार दिन विहिवार सूचक २१६३.९२ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साता बजारले बोलिंगेरको अप्पर ब्याण्डलाई मोडीफाई गर्दै आफ्नो यात्रा माथि तिर तय गरेको देखिन्छ। 

एमएसिडि लाईन यस साता १६.०८ बाट बढेर २७.२९मा आएको छ र हिस्टोग्राम यो साता  बढेर २५.८३ बाट २९.६३ मा पुगेको छ जसले बजारमा खरिद चाप बढेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर -२.३४ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २९.९२ मा रहेको छ भने  -१४ डिएमआई लाईन १३.७७ मा रहेको छ। ए.डी.एक्स १८.४४ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ कम नै भएको तर बद्ढो क्रममा रहेको जनाउछ। आरएसआइ ५६.२३ बाट बढेर ६०.४७ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढेको देखिन्छ ।

बजारमा पहिलो सपोर्ट २०६५ को एरियामा र त्यस पछि बोलिंगेरको मिडल ब्याण्ड  करिब २०३० को एरियामा देखिन्छ भने अबको प्रतिरोध २२०५ मा रहने छ। 

Comments

Back to top