सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि केहि गिरावट!

साताको अन्तिम कारोबार दिन बजार झिनो अंकले घटेको छ।

परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। २६४ कम्पनीको कारोबार ३ अर्ब ५ करोड २४ लाख बराबरको भएको छ।

बिहिबार १.३१ अङ्कले घटेर ०.०६% गिरावट साथ नेप्से परिसूचक २१६३.९२ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६४ कम्पनीमध्ये ८८ कम्पनी उकालो लागेका छन्, १२३ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका उप-समुहहरुमध्ये ५ समूहको सेयर मूल्य उकालो लागेकाे छ भने ८ समूह ओरालो लागेका छन्।

प्रमुख कारोबार

 

 

आज नेप्से बजारको टप गेनरमा बिशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जीको रहेका छन् जसको १० % मूल्य बढेर  कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचुअल फण्ड-२ र कुमारी इक्विटी फण्ड रहेका छन् जसको सेयर मूल्य १० % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम् सिमेन्टस् लिमिटेड र भोल्यूममा कुमारी बैंक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top