बजार ११.१७ अंकले बढ्याे, वाणिज्य बैंकका लगानीकर्तालाई प्रतीक्षाको फल मिल्दै

सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर एक–दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ । अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ । 

१३१३को बिन्दुमा रहेको  वाणिज्य बैंकको सूचकलाई अब प्रतिरोध १३५०को एरियामा देखिन्छ। यस उपसमुह १३०० बिन्दु माथि स्थिर भएर बसे सूचक १४५० सम्म पुग्ने देखिन्छ।  

Comments

Back to top