नेप्सेमा ११ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड ८६ लाख!

आज बुधबार ११.१७ अङ्कले बढेर ०.५२% वृद्धिका साथ नेप्से परिसूचक २१६५.२४ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६० कम्पनीमध्ये ७३ कम्पनी उकालो लागेका छन्, १३१ कम्पनी ओरालो लागेका छन् भने १३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका उप-समुहहरुमध्ये ५ समूहको सेयर मूल्य उकालो लागेकाे छ भने ८ समूह ओरालो लागेका छन्।

प्रमूख कारोबार 

 

आज नेप्से बजारको टप गेनरमा बि पि डब्लु  लघुवित्त  रहेको  छ जसको १० % मूल्य बढेर  कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल समृद्धि फण्ड-२  रहेको छ जसको सेयर मूल्य ९.६४ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड र भोल्यूममा कुमारी बैंक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top