प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुला

प्राइम कमर्सियल बैंकले बुधबारदेखि १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ । 

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।  यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

यसमा साउन १७ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ । 

Comments

Back to top