प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो
बुधबार प्रिओपन सेसनमा नेप्से ०.०५ अंकले घटेको छ l
मंगलबार ९.९१ अंकले बढेर २१५४.०७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१५४.०२ मा खुलेको हो। ८२८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका १४ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। बाँकी १ को मूल्य स्थिर रह्यो।
Comments