साउन लागेसँगै सकारात्मक बनेको सेयर बजारको प्रतिरोध कहाँ ?
मंगलबार नेप्से सूचकमा ९.९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ । यता, कारोबार रकममा पनि उत्साह देखिएको छ । यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि आउने गर्छन् । पुराना पनि थप सक्रिय हुन थाल्छन् । यसले समग्र बजारलाई माथितिर लैजान सहयोग गर्नेछ । बजारलाई अबको प्रतिरोध २२००को बिन्दुमा देखिन्छ भने सो बिन्दु पार गरे बजार २३८०को बिन्दु सम्म पुग्न सक्ने संभवाना देखिन्छ। बजारले माथिको यात्रा मै रहिरहन भने २१५०को बिन्दु माथि स्थिर भएर बस्न जरुरी हुन्छ।
यस दिन २५५ कम्पनीको ८६ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन लाइफ इन्स्योरन्से परेका छन् ।
विशेषगरी बैंकिङ समूह सकारात्मक बन्दा मंगलबार नेप्से सूचक वृद्धि हुन सहयोग पुगेको देखिन्छ । बैंकिङ समूहमा भित्र सानिमा बैंक टेक्निकल्ली राम्रो देखिन्छ।
Comments