ब्याजदर घट्दा पनि बढेन लगानीकर्ताको उत्साह, कारोबार रकम २ अर्बमा सिमित !

चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ । आज २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ । ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । 

सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ जस कारण बजार स्थाई रुपमा बढेको हो होइन भन्ने अन्योल पैदा गर्दछ।  इलिओट वेभ अनुसार हाल बजारमा चौथो वेभ चलिरहेकोले बजार साइड वेज मै रहने अनुमान पनि लगाउन सकिन्छ।  ब्याजदर घटेको समाचारले बजारमा फोमो नै आउने केहि लगानीकर्ताले अनुमान लगाएको भएता पनि नेपालको सबै भन्दा ठुलो बैंकले ब्याजदर नघटाएको र राष्ट्र बैंकले पनि रिभर्स रिपो जारी गरिरहेको कुरा बुझेर लगानीकर्ता संयम भएको विज्ञहरुको बुझाई रहेको छ।  

आर्थिक वर्षको अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा–ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो पनि हुन्छ । यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएको हुन सक्ने सम्भावना रहन्छ।  तसर्थ लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बुझ्न सकिन्छ। 

Comments

Back to top