नेप्सेमा केही अंकको गिरावट, कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख !

आज बिहीबार १२.६२ अङ्कले घटेर ०.६०% गिरावटका साथ नेप्से परिसूचक २०८४.९३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २९६  कम्पनीमध्ये ५४ कम्पनी उकालो लागेका छन्, १६५ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेको  छ।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा एनएमबि डीबेन्चर र एसबिएल डीबेन्चर रहेका छन् जसको ९.९९% मूल्य बढेर  कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपल्स हाईड्रोपावर  रहेको जसको सेयर मूल्य ६.०५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेन्ट्सको र भोल्यूममा  सोल्टी होटलको कारोबार भएको छ। 

Comments

Back to top