ङादी ग्रुप पावरले बोलायो विशेष साधारणसभा

ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ । यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 

कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ । हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । 

यता, कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । सभा प्रयोजनको लागि कम्पनीले साउन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, साउन ३ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top